१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

गृह जिल्लाका नेता कार्यकर्तासँग शुभकामना आदानप्रदान गर्न प्रधानमन्त्री ओली झापा जाँदै

२० असोज, काठमाडाैँ । गृह जिल्लाका नेता कार्यकर्तासँग शुभकामना आदानप्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओली झापा जाँदैछन । २०५१ सालदेखि दशैँको अवसरमा निरन्तर शुभकामना कार्यक्रम गर्दै अाएका ओली यस वर्ष पनि झापा जान लागेका हुन । यसअघि झापाको विर्तामोडमा आयोजना हुँदै आएको शुभकामना कार्यक्रम यष वर्ष दमकमा हुन लागेको छ ।

बिहान १० वजे भद्रपुर विमानस्थल हुँदै यति एयरबाट झापा पुग्ने प्रधानमन्त्री ओली सिधै दमकको कस्मिक पार्टी प्यालेसमा जाने र बेलुकी ४ बजे काठमाडाैँ फर्कने नेकपा झापाका नेता शिव ढुङ्गेलले जानकारी दिए । कार्यक्रमको व्यवस्थापन झापा पार्टीले गर्ने छ भने खर्च ओली आफैंले व्यहोर्नेछन ।

प्रकाशित मिति : 07:15