याैन दूर्व्यवहारको अभियोग लागेका निवर्तमान सभामुख महरालाई पक्राउ गर्न अदालतको अनुमति
१९ असोज, काठमाडाैँ । याैन दूर्व्यवहारको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतको अनुमति दिएको छ । संसद सचिवालयमा कार्यरत काजकी कर्मचारी रोशनी शाहीलाई वर्षाैदेखि याैन दूर्व्यवहार गरेको अभियोग लगेका महरालाई पक्राउ गर्न प्रहरीले काठमाडाैँ जिल्ला अदालतसँग अनुमति मागेको थियो । रोशनीले श्रीमानसहित गएर शुक्रबार प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गर्न अनुमति मागेको हो ।

अदालतले अनुमति संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएपछि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई जानकारी दिएर महरालाई पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ । पक्राउ गर्नुअघि संसदले महरालाई निलम्बन गर्ने पक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति : 16:16









