कांग्रेसले चक्काजाम गरेको छोहरे-टोखा सडकमा नेकपाका नेता आफैँ बसेर ग्राभेल हाले (फोटोफिचर)
१७ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका नेताहरूले कहिले च्क्काजाम त कहिले सावेलले हिलो सोहोरेको जस्तो गरेर राष्ट्रिय चर्चा बटुलेको नुवाकोटको छहरेदेखि काठमाडाैँको टोखासम्मको सडकमा ग्राभेल भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरूले छहरे टोखा सडकको गुर्जे भन्ज्याङमा डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख समेतलाइ सडकमै राखेर ग्राभेल हाल्न लगाएका हुन ।

बिहीबार बिहान १० बजेदेखि नै सडकमा बसेर नेकपाका नेताहरू हितबहादुर तामाङ, राधिका तामाङ, बद्री मैनालीले ग्राभेल हालेर सडकमा गाडी गुड्न लायक बनाएका छन । दशैँको समयमा समेत बाटो मर्मतका लागि ठेकेदारले खासै चासो नदिएपछि उनीहरूले सडकका प्रमुखलाइ समेत त्यहीँ बोलाएर हिलो सोर्न लगाए ग्राभेल हाल्न लगाएका हुन । यसअघि गाडी हिडाउँनै समस्या रहेको सडकमा अब गाडी गुड्ने भएको सोही क्षेत्रका प्रदेश सांसद समेत रहेका नेकपाका नेता बद्री मैनालीले जानकारी दिए ।
यो पनि पढ्नुहोस्
-नुवाकोट कांग्रेसको अर्को रमिता, श्रमदानको नाममा फोटो खिचाउन हिलोमा छिरे नेता (फोटोफिचर)
-डा रामशरण महतको घर जाने बाटो मर्मतको माग गर्दै नुवाकोट कांग्रेसको चक्काजाम (फोटोफिचर)
-कांग्रेस नेता डा रामशरण महतको गाउँ जाने बाटो ‘जहाँ गाडीलाई भैँसीलाई झैँ डोर्याउनुपर्छ’

प्रकाशित मिति : 14:05









