१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाको चाडबाड केन्द्रीत आकर्षक प्याकेज सार्वजनिक

१६ असोज, काठमाडौँ । ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पा पोखरा, चितवन र काठमाडौँले नेपालीहरूको विशेष चाड केन्द्रीत आकर्षक प्याकेज सार्वजनिक गरेको छ । वडा दशैँ, तिहार र छठलाई केन्द्रीत गरेर ल्याण्डमार्कले प्याकेज सार्वजनिक गरेको हो । ल्याण्डमार्क होटलका म्यानेजिङ डाइरेक्टर ओमप्रकाश पाण्डेका अनुसार पोखरा, चितवन र काठमाडौँ तीनै ठाउँका होटलमा ४० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आन्तरिक पर्यटनको समेत प्रवर्द्धन गर्ने गरी प्याकेजहरू सार्वजनिक गरिएको पाण्डेले बताए । पछिल्लो समय चाडबाडको समयमा नेपालीहरू परिवारसहित आन्तरिक गन्तव्यहरूमा घुम्ने गरेका छन । नेपालीहरूको घुम्ने बानी बढ्दै गएको अवस्थामा यस्ता प्याकेजले आन्तरिक पर्यटकलाई राहत मिल्ने पाण्डेले बताए ।

भिजिट नेपाल २०२० को तयारी तीव्र रूपमा चलिरहेको अवस्थामा पहिला देश अनिमात्र विदेश भन्ने नारा व्यवाहारमा उतार्नुपर्ने पनि पाण्डेले बताए । देशभित्रै पर्याप्त घुम्ने गन्तव्यहरू रहेको भन्दै पाण्डेले आन्तरिक पर्यटन प्रवर्द्धनमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले त्यसैका लागि ल्याण्डमार्कले ४० प्रतिशत छुटको आकर्षक प्याकेज ल्याएको बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार १४:४२