२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

निर्यात बढाउन आयात प्रतिस्थापनः मन्त्री यादव

१२ वैशाख, सुर्खेत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकको आयात प्रतिस्थापनाका लागि निर्यात बढाउने बताएका छन् ।

प्रेस सेन्टर कर्णाली प्रदेशद्वारा सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेपाल अहिले पनि आयातमा बढी निर्भर भएको हुँदा निर्यात बढाउन लघु, साना, मझौला र ठूलो उद्योगका साथै कृषि उत्पादनमा वृद्धि गनुपर्ने यादवले बताए ।

मन्त्री यादवले कर्णाली प्रदेशमा शुन्य दशमलव शुन्य दुई प्रतिशत उद्योग मात्र रहेकामा यो क्षेत्रको औद्योगिक विकासमा केन्द्र सरकारले सहयोग गर्ने बताउँदै वाम गठबन्धनको सरकारले भ्रष्टाचारमुक्त नेपाल बनाउने अभियान अघि सारेको बताएका छन् ।

मन्त्री यादवले नीति र नेतृत्व फेरिए पनि संरचना पुरानै भएको उल्लेख गर्दै पहाडमा बाटोघाटो पु¥याउन र उद्योगधन्दा स्थापना गर्न सके उक्त क्षेत्र आर्थिक हिसाबले सम्पन्न हुने बताए ।

रुग्ण उद्योगलाई सञ्चालनमा ल्याउन काम थालेको बताउँदै उनले सरकारी, निजी क्षेत्र र आम जनताको सहभागिताबाट उद्योग क्षेत्रमा नमूना विकास अबधारणा शुरु गर्ने विचार व्यक्त गरेकाछन् ।

हिजो कर्णाली प्रदेश गरीब थियो, आज पनि छ तर भोलि हुने छैन, यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारको आपसी समन्वय बलियो हुनुपर्नेछ,” उनले भने “यदि मुलुकले खोजेको आवश्यकताअनुसार मन्त्री, चालक होइन, खलासी बनेर काम गर्न तयार हुनुपर्दछ ।”

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री यादवले दुई धारका पार्टीको संयोजन हुन केही समय लागे पनि व्यवस्थित रुपमा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने बताए ।

प्रकाशित मिति : April 25, 2018 at 4:49 pm