९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

फोरजी सेवा र नेपाल टेलिकम मुलुकको विकासको मेरुदण्डः मन्त्री बाँस्कोटा

१५ असोज, काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जहाँ जनता जान्छन्, त्यहाँ टेलिकमको सेवा पुग्नुपर्छ भन्ने सोचका साथ काम अघि बढाइएको बताएका छन । नेपाल टेलिकमले एकै पटक २६ सहरमा फोरजी सेवा शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले फोरजी सेवा विस्तार हुनुले यस क्षेत्रमा टेलिकम प्रतिस्पर्धीभन्दा अगाडि रहेको पुनःपुष्टि भएको बताए ।

मन्त्री बास्कोटाले भने, “यो सेवा र टेलिकम मुलुकको विकासको मेरुदण्ड हुनसक्छ । यसले खाली नाफाका लागि मात्रै काम गर्दैन । यो जनताको नासो हो ।” मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले वर्तमान सरकारले काम गरेन भन्नेका लागि फोरजी सेवा गतिलो जवाफ हुन सक्ने बताए । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हाल ३२ जिल्लाका ५० शहरमा पुगेको यो सेवा क्रमशः मुलुकभर विस्तार हुने बताए ।

प्रकाशित मिति : October 2, 2019 at 10:25 pm