९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

निजी कम्पनीमा कार्यरत इन्जिनियर पनि अब असुरक्षित, पाँच लाख घुससहित समातिए प्रशान्त चौधरी

१५ असोज, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले घर सम्पन्नको प्रमाणपत्र मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा टोखास्थित लायन्स इन्जिनीयरिङ कन्स्ट्रक्शन एन्ड कन्सल्टेन्सी प्रालिका ओभरसियर प्रशान्त चौधरीलाई पाँच लाख घुससहित नियन्त्रणमा लिएको छ । योसँगै निजी कम्पनीमा कार्यरत इन्जिनियर पनि घुसको कारोबारमा संलग्न भएपछि रंगेहात समतिन्छन भन्ने नजिर समेत स्थापित भएको छ ।

टोखा नगरपालिकाबाट भवन निर्माण सम्पन्न प्रमाणपत्र लिन नगरपालिकाका कर्मचारीलाई मिलाउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले निज चौधरीलाई घुससहित निजकै कार्यालय परिसरबाट मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । चौधरी लामो समयदेखि दलालीको भूमिकामा कार्यरत रहँदै आएका थिए । प्रमुख कार्यकारी अधिकृत नै घुससहित समातिएपछि जनप्रतिनिधिका लागि समेत घुसको सेटिङ मिलाउँदै आएका कर्मचारीले पक्राउ परेपछि दशैँको मुखमा घुस्या कर्मचारीको कन्तविजोग भएको छ ।

प्रकाशित मिति : October 2, 2019 at 9:16 pm