११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

यौन दुव्र्यवहारको आरोप लागेपछि सभामुख महराले राजीनामा दिँदै

१४ असाेज, काठमाडौँ । यौन दुव्र्यवहारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजिनामा दिने भएका छन् । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीबाट यौन दुव्र्यवहारको गम्भिर आरोप लागेपछि सभामुख महराले राजीनामाको तयारी गरेकाे बताइएकाे छ । सम्भवतः महराले आजै (मंगलबार) राजीनामा दिँदैछन् । महराले नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको परामर्शपछि राजीनामा दिने मनस्थिति बनाएका हुन् ।

‘यति गम्भीर आरोप लागेपछि त्यसको स्वतन्त्र छानबिनका लागि म राजीनामा दिने मनस्तिथिमा छु’, महराको भनाइ उद्धृत गर्दै संसद सचिवालयका एक उच्च अधिकारीले भने, ‘पहिला पार्टीका दुई अध्यक्षसंग सल्लाह गर्छु ।’ महराले बिहानैदेखि निवासमा आफू निकटस्थहरुका साथै संसदका महासचिव मनोहर भट्टराईलगायतसँग परामर्श गरेका छन् । संसद सचिवालयमा कार्यरत एक महिलाले आइतबार राति बानेश्वरस्थित डेरामा बलात्कार गरेको भन्दै सार्वजनिक मिडियामार्फत आरोप लगाएकी छन् । यद्यपि महराले भने आफ्नो चरित्र हत्या गर्न नियोजित रुपमा प्रचार गरिएको दाबी गरेका छन् ।

प्रकाशित मिति : October 1, 2019 at 11:02 am