११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

सभामुख महरामाथि बलात्कारको आरोप, महिला कर्मचारीको कोठामा किन पुगे राति ? (फोटोफिचर)

१३ असोज, काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेको छ । यो महराको जीवनमा लागेको अहिलेसम्मकै गम्भीर आरोप हो । आरोप पुष्टि हुन त समय लाग्ला वा पुष्टि नहुन पनि सक्ला तर साभामुखले मदिराले मातिएको अवस्थामा संसदकै एक कर्मचारीलाइ मदिरा खुवाएर बलात्कारको प्रयास गरेको पीडित मिहलाले बताएकी छिन । यो विषय महानगरीय प्रहरी बृत्त बानेश्वरसम्म पुगेको छ । लिखित रूपमा कुनै उजुरी नआए पनि मौखिक रूपमा घटनाको बिबरण प्राप्त भएको प्रहरी स्रोतले जनाएको छ ।सभामुख महरा आइतवार साँझ ती महिला कर्मचारीको तिनकुनेस्थित डेरामा पुगेका थिए । ती महिलालाइ समेत मदिरा र अन्य कुरा खान दिएका महराले त्यही बलात्कारको प्रयास गरेको पीडित महिलाले बताएकी छिन ।

सामुदायिक मार्गमा गाडी रोकाइ त्यहि सुरक्षाकर्मीलाई छोडेर भित्र गएका उनी अरु दिनमा भन्दा डेरामा प्रवेश गर्ने वित्तिकै फरक रुपमा प्रस्तुत भएको महिलाले बताएकी छिन । पारिवारिक सरहको साईनो भएका कारण महरा त्यहाँ बेलाबेलामा गइरहने ती महिलाले बताएकी छिन । महराले बलात्कारको प्रयास गर्दा उनको चश्मा फुटेको र चुत्ताको तलुवा समेत ती महिलाको कोठामै छुटेको पाइएको छ । घटनाका विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र नेकपाले गम्भीर रूपमा अनुसन्धान र खोजविन सुरू गरेका छन । यता सभामुख महराले भने आफूमाथिको निराधार आरोप लगोको बताएका छन । उनले पीडित भनिएकी महिलाले कर्मचारीले समायोजनमा परेपछि आफूमाथि रीस पोखेको दाबी गरेका छन । तस्बीरहरूः हाम्राकुरा डटकम । 

प्रकाशित मिति : 21:06