२३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026

शेयर बजारमा दोहोरो अङ्ककाे बृृद्धि

१३ असाेज, काठमाडौं । लगातार ओरालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०.४२ विन्दुले बढेर एक हजार १३५.५६ विन्दुमा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक समेत ०.६८ विन्दुले बढेर २४७.०२ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोवार रकममा भने खासै वृद्धि हुन सकेन । स्टकका अनुसार कूल १५७ कम्पनीको छ लाख ३३ हजार ९५१ कित्ता शेयर रु १६ करोड ८८ लाख २८ हजारमा खरीद–बिक्री भए ।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने १० उपसमूहको शेयर वृद्धि भएको छ । अन्य उपसमूह ६.८२ विन्दुले घट्दा बैंकिङ ९.८१, होटल ४९.०२, विकास बैंक ९.८९, जलविद्युत् २०.१८, वित्त ३.१७, निर्जीवन बीमा ६६.४९, उत्पादन ३८.८९, लघुवित्त १०, जीवन बीमा ७१.८६ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेका छन् ।

कारोवारका आधारमा आज सनराइज बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु दुई करोड १३ लाख ६० हजार २६५ बराबरको कारोवार भयो । यस्तै प्रभु बैंक रु एक करोड ३१ लाख ११ हजार ४७०, नेपाल बैंक रु एक करोड १८ लाख ९८ हजार ९५८, सानिमा बैंक रु ८२ लाख ३७ हजार २३६, सिटिजन बैंकको संस्थापक शेयर रु ७५ लाख र शिवम् सिमेन्टको रु ७० लाख ३४ हजार ७४० मा कारोबार भइ शीर्ष स्थानमा छन् ।

स्टकका अनुसार बढेको बजारमा युनियन हाइड्रो पावर ५.८८, साञ्जेन जलविद्युत् कम्पनी ५.५२, तिनाउ मिशन डेभलपमेन्ट बैंक ५.४४, युनाइटेड फाइनान्स ५.२०, सानिमा माई हाइड्रोपावर ४.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ४.२० प्रतिशतले कमाए । माउन्टेन हाइड्रो ३.७०, आँखुखोला जलविद्युत् कम्पनी ३.६३, सानिमा बैंक ३.६२, मल्टिप्रपोज फाइनान्स कम्पनी २.९१, सेन्ट्रल फाइनान्स २.६७ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.०८ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : September 30, 2019 at 5:14 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/