११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

प्रथम राष्ट्रपति रामवरण यादवको उपचार खर्च सरकारले व्यहोरेकोमा कांग्रेस नेता थापाको बिरोध

१२ असोज, काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रथम राष्ट्रपति डा रामवरण यादवको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेकोमा असन्तुष्टि जनाएका छन । उनले एक वर्ष अघि पारित गरेको कानुनको दफा देखाउँदै कुनै पनि व्यक्तिको विदेशमा गरेको उपचारको पैसा सरकारले व्यहोर्न नहुने बताएका छन । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आइतबार बिहान आफ्नो असन्तुष्टि सार्जनिक गरेका हुन ।

थापाले फेसबुकमा लेखेका छन ‘हामीले १ वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ-‘कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिंदैन।’पूर्व राष्ट्रपति वा वर्तमान प्रम जो भएपनि यो कानून सवैलाई लाग्छ।तर सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्योहोर्ने निर्णय गर्यो,प्रमज्यू ?’

प्रकाशित मिति : September 29, 2019 at 9:03 am