९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

शेरबहादुर देउवाको संकटकालमा चुनाव हुन दिने पूर्व प्रधानन्यायाधीश उपाध्यायको निधन

१२ असोज, काठमाडाैँ । पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको ८२ वर्षको उमेरमा शुक्रबार बेलुका ८ बजे निधन भएको छ । क्यान्सरको लास्ट स्टेजमा रहनुभएका उपाध्याय वि.सं. २०५६ पुस २ गतेदेखि ०५९ मंसिर १९ सम्म प्रधानन्यायाधीश रहेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संकटकाल लागू गरी चुनावको घोषणा गर्दा संकटकालमा पनि चुनाव हुनसक्छ भनेर फैसला गरेका थिए ।

उनी दरवार हत्याकाण्डको छानबिन समिति संयोजक समेत रहे । उपाध्याय उहाँ वि.सं. २०१७ सालमा गोरखापत्रमा सहायक सम्पादक पनि थिए । उनले गोरखापत्रमा प्रुफ रिडरबाट आफ्नो काम सुरू गरेका थिए । केही दिनदेखि घरमै रहेका उपाध्याय आवातजावत गर्न नसक्ने अवस्थामा थिए । उनको शनिबार दिउँसो अन्त्येष्टि गरिएको छ ।

प्रकाशित मिति : September 29, 2019 at 7:27 am