राजावादी अभियन्ता ज्ञानेन्द्र शाही माथिको आक्रमण देश, जनता र गणतन्त्रको हितमाः संयोजक महर
११ असोज, काठमाडौँ । अनेरास्ववियूका संयोजक ऐन महरले राजावादी अभियन्ता ज्ञानबहादुर शाही उर्फ ज्ञानेन्द्र शाही माथिको आक्रमण देश, जनता र गणतन्त्रको हितमा रहेको बताएका छन । शाहीले चितवनमा कुटाइ खाएपछि महरले समाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै लेखेका छन ‘सिंगापुर र चितवन मा भएका बिस्फोटक ब्याटिङ्ग दुवै देश जनता र गणतन्त्रको हितमा छन।’ उनले सांकेतिक रूपमा शब्द व्यक्त गरे पनि ज्ञानेन्द्र माथिको आक्रमण देश, जनता र गणतन्त्रको हितमा रहेको बताएका हुन ।

शनिबार दिँउँसो चितवनमा शाहीमाथि अज्ञात समूहले आक्रमण गरेको थियो । शाही ढुंगा प्रहारबाट घाइते भएका छन् । अाक्रमणबाट गाडीको चारैतर्फका सिसा फुटेको छ । चितवनको शाही चौबिसकोठीमा सभा गर्न जान लागेका थिए । चितवनको चौबिसकोठीस्थित ग्लोबल होटलबाट माइक्रोबसमा बाहिर निस्कँदै गर्दा शाहीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए । आक्रमणबाट शाही सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति : September 28, 2019 at 9:55 pm









