९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

बैंक अफ काठमाडौँका पूर्व सिइओ श्रेष्ठ जेल चलान, अन्य बैंकका सिइओहरू तनावमा

१० असोज, काठमाडाैँ । बैंक अफ काठमाडौंका पूर्व सिइओ अजय श्रेष्ठसहित तीनजना शुक्रबार पूर्पक्षका लागि जेल चलान भएका छन् । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र रामप्रसाद ओलीको संयुक्त इजलाशले बैंकिङ कसुरमा श्रेष्ठसहित तीन जनालाई थुनामा राख्ने आदेश दिएको हो । श्रेष्ठसँगै सोही बैंकका कर्मचारी किरणकुमार बोहोरा र ऋणी सुरेन्द्र श्रेष्ठलाई पनि पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको  छ । त्यस्तै सोही अभियोगमा आरोपित खड्गबहादुर खत्री ५ लाख धरौटीमा रिहा भएका छन् ।

नक्कली बैंक ग्यारेन्टी देखाई बैंकलाई हानी नोक्सानी पुर्याएको कसुरमा प्रहरीले उनीहरुलाई पक्राउ गरि मुद्दा चलाएको थियो । यसैबीच श्रेष्ठ जेल चलाएपछि अन्य बैंकका सिइओहरू तनावमा परेका छन । ज्योति विकास बैंकका सिइओ मनोज ज्ञवालीले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यो निर्णयलाइ दुर्भाग्यको संज्ञा दिएका छन । उनले कि कानुन व्यवहारिक बनाउनुपर्ने कि बैक तथा बित्तीय संस्थामा ‘धितो मुल्याङ्कन तथा अनुसन्धान बिभाग’ गठन गरी सम्पुर्ण अनुसन्धान पछि सहि भनेको धितो मात्रलिई सोहि आधारमा दुइ वा तीन महिनाको पूर्ण अनुसन्धान पछि मात्रै कर्जा स्वीकृत गर्नुपर्ने तर्क अघि सारेका छन । उनले दोषी उम्किनु नहुने र निर्दोष फस्न नहुनेमा पनि जोड दिएका छन ।

प्रकाशित मिति : September 27, 2019 at 11:45 pm