९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

उपप्रधानमन्त्री पोखरेलले राउटेले बनाएको काठको सन्दुक तीन हजार ५०० मा किने, राउटेहरू खुशी

१० असोज, काठमाडाैँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई काठमाडाैँ आएको राउटे समुदायको टोलीले आज भेटेको छ । भक्तपुर दरबारस्क्वायरलगायतका स्थानमा आफूहरुले उत्पादन गरेको हस्तकलाको सामग्री प्रदर्शनी एवं बिक्री गर्न प्रकाश शाहीको नेतृत्वमा भक्तपुरमा आएका राउटे समुदायका सहभागीले उपप्रधान तथा रक्षामन्त्री पोखरेललाई भेटेका हुन् ।

सो अवसरमा राउटेको टोलीले आसन्न दशैँ चाड मनाउन खसीको माग गरेका थिए । प्रकाशसँगै, शिवराज, दीपक र कलम शाहीसहितको राउटेको दैलेखमा ४६ घर भएकाले उनीहरुले एउटा घरलाई एउटा खसीको माग गरेका थिए । भेटमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले राउटेले बनाएको काठको सन्दुक रु तीन हजार ५०० मा खरीद गर्नुभयो । चारै जनालाई उपप्रधानमन्त्री पोखरेलले उपहारस्वरुप एक/एक थान कपडासमेत प्रदान गर्नुभयो ।

त्यसअवसरमा सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, प्रदेशसभा सदस्य शशीजङ्ग थापा, सरस्वती बाटी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, उपप्रमुख सरिता कुवँर, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : September 27, 2019 at 10:33 pm