कांग्रेस केन्द्रीय समिति बैठक आज, यस्ता छन छलफलका विषय
१० असोज, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा विविध विषयमा छलफल हुने उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । बैठक आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल केन्द्रित हुनेछ ।

उपसभापति निधिले बैठकमा उपनिर्वाचन, नेपाल लोकतान्त्रिक फोरमसित समायोजन प्रक्रियाबारे छलफल हुने बताए । उनले बैठकमा भ्रातृ सङ्गठनको विधान संशोधन र महाधिवेशनको कार्यविधिबारे पनि छलफल हुने तयारी रहेको बताए ।
प्रकाशित मिति : 10:10









