९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

तस्बीरमा हेर्नुहोस्, प्रधानमन्त्री ओलीको गृहनगरहुँदै पाँचथर जाने सडक

१० असोज, काठमाडौँ । नेपालका कुनै पनि सडकको अवस्था सन्तोषजनक छैन । ठेकेदार, कर्मचारी र राजनीतिक नेतृत्वको मिलेमतोमा भ्रष्टाचार मौलाएपछि भएका विकासका काम र हुँदैगरेका काम सबैजसो अलपत्र, लथालिङ्ग र भताभुङ्ग छ । यसमा सरकार र सत्तारूढ नेकपाका नेताहरूको सुधारका निम्ति ठूलै ओठेभक्ति पनि छ तर सुधार कही देखिएको छैन । कहीकतै काम नभएका पनि होइनन तर त्यहाँको गति पनि निकै सुस्त छ ।

ट्वीटरमा बिहीबार शम्भु चाैहानले तीन तस्बीर पोस्ट गरे । जुन तस्बीरले हाम्रो नेपालका सबैजसो सडकको अवस्था उजागर गरेको छ । झापाको दमक हुँदै पाँचथर जानेबाटोले देशका धेरै सडकको अवस्था छर्लङ्ग पारेको छ । उनले लेखेका छन ‘दमक रवि चिसापानी जाने बाटोको हालत , प्रधानमन्त्रीको गृहनगर बाट समय निर्धारण गर्ने सुभाष नेम्बाङको क्षेत्र हुँदै पाँचथर जोड्ने यो बाटोको हालत देखेर तपाईंलाई के भन्न मन छ निर्धक्क भने हुन्छ।’

प्रकाशित मिति : September 27, 2019 at 7:52 am