पूर्वप्रधानमन्त्री नेपालसँग अमेरिकी राजदूतको भेटवार्ता
९ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्यू बेरीले भेटवार्ता गर्नुभएको छ । पूर्वप्रधानमन्त्री तथा पार्टीका एवं विदेश विभाग प्रमुख नेपालको निजी निवास कोटेश्वरमा भएको भेटमा नेपाल र अमेरिका सम्बन्धको इतिहास स्मरण गरिनुका साथै पछिल्ला घटनाक्रमका विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

उहाँहरुबीच नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको सम्भावना तथा दुई देशबीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ । आजको भेटवार्ताले दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप सकारात्मक योगदान दिने नेता नेपालको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : 20:12









