१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

इटहरी उपमहानगरमा निशूल्क वाईफाई सेवा, सर्वसाधारणमा छायाे खुशीयाली

९ असाेज, इटहरी । इटहरी उपमहानगरपालिकाले इटहरीका बिभिन्न ठाँउमा फ्रि वाईफाई सेवा उपलब्ध गराएको छ । सूचना प्रविधि अधिकृत ओसन चौधरीका अनुसार इटहरी उपमहानगरले वल्र्डलिंक सँगको सहकार्यमा तत्कालका लागि उपमहानगर परिसर,रेयुकाई चौतारी इटहरी मेनचौक,इटहरी वसपार्क,वुढिगंगा मुक्तिघाट,लक्ष्मी नारायण मन्दिर पचरुखी चौक,वडा नम्वर २० को वडा कार्यालय परिसर तरहरा वजार र तालतलैया पार्कमा निशूल्क वाइफाई सेवा उपलब्ध गराएको हो ।

इटहरीका अन्य ठाँउमा समेत विस्तार गर्ने योजना रहेको सूचना प्रविधि अधिकृत चौधरीले जानकारी दिनुभयो । सर्वसाधारणमा सूचना प्रविधिमा सहज पहुँच स्थापित गर्दै सूचना प्रविधिमैत्री उपमहानगर वनाउन फ्रिवाईफाई सेवा उपलब्ध गराउन थालिएको उपमहानगरले जनाएको छ । फ्रिवाइफाइ सेवा उपलब्ध भएपछि सर्वसाधारण जनता खुशी भएका छन ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार १४:४४