सरकारको समिक्षा गर्दै प्रधानमन्त्री ओली, मन्त्री र सचिवलाई प्रधानमन्त्री कार्यालय बोलाइयो
९ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पछिल्लो कामको समिक्षा गर्न लागेका छन । समिक्षाका लागि ओलीले मन्त्री र सचिवलाइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निम्ता दिइएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहान ११ बजेपछि मन्त्री र सचिवसँग प्रधानमन्त्री ओलीले सरकारको कामको समिक्षा गर्नेछन । सरकारको कामका चुस्तता ल्याउने भन्दै प्रधानमन्त्रीले केही समय अघि कार्यसम्पादन सम्झाैता लागू गरेका थिए ।

प्रधानमन्त्रीले मन्त्रीहरूसँग र मन्त्रीहरूले सचिवहरूसँग कार्यसम्पादन सम्झाैता गरेका थिए । कार्यसम्पादन सम्झाैता गरेको करिब दुइ महिना पूरा भए पनि सोचेजस्तो परिणमा दिन सकेका छैनन् । प्रधानमन्त्री ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गर्दै मन्त्रीहरूसँग कार्यसम्पादन सम्झाैता गरेका थिए ।
प्रकाशित मिति : 10:27









