नेपाल प्रहरीका ३ एआईजीको सरुवा, कसकाे सरुवा कहाँ ?
८ असाेज, काठमाडौँ । नेपाल प्रहरीका ३ जना एआईजीहरुको सरुवा भएको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान बिभागका एआईजी ठुले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान (प्रहरी एकेडेमी) महाराजगन्जमा सरुवा गरेकाे छ ।
यस्तै प्रहरी प्रतिस्ठानमा कार्यरत एआईजी पुष्कर कार्कीको प्रहरी प्रधान कार्यालय अन्तर्गत कार्य तथा अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । यस अगाडी उक्त विभाग नेतृत्वबिहिन थियो ।
राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा दरबन्दी भएका एआईजी धिरु बस्नेतको दरबन्दी मानवस्रोत एवं प्रशासन विभागमा राखेर पुनः राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काज गरिएको उच्च स्राेतले बताएकाे छ ।
प्रकाशित मिति : September 25, 2019 at 12:00 pm









