कृष्णभीरको झल्को दिने गल्छीको पहिरो, दिनहुँजसो सवारी अवरूद्धहुँदा हजाराैँ यात्रुलाई सास्ती
८ असोज, काठमाडाैँ । कृष्णभीरको झल्को दिनेगरी गल्छीमा झरिरहेको पहिरोले हजाराैँ यात्रुलाई सास्ती दिएको छ । दिनहुँजसो बग्ने उक्त पहिरो रोकथामका लागि स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार कतैबाट पनि ठोस पहल भएको छैन । तर साउन यतामात्र २० पटक भन्दा बढी उक्त पहिरोले पृथ्वीराजमार्ग अबरूद्ध गरिसकेको छ ।

मंगलबार बेलुकी गल्छी गाउँपालिकाको वडा नम्बर ७ गल्छीबजार नजिकै लेदो माटोसहितको पहिरो खसेपछि बन्द भएको सडक बुधबार बिहानदेखि भने खुलेको धादिङ प्रहरीले जनाएको छ । लेदो माटोसहितको पहिरो सडकमा बग्न थालेपछि राती आलोपालो गरि एकतर्फी मात्रै गाडी चल्दा भएको जाम खुल्न भने केही समय लाग्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : September 25, 2019 at 7:59 am









