कांग्रेस जागरणको अन्तिम दिनः उर्लाबारीका प्रशासकीय अधिकृतलाई कुटेर लेखेटियो
७ असोज, विराटनगर । नेपाली कांग्रेसको दोस्रो चरणको जागरण कार्यकमको अन्तमि दिन कांग्रेस नेता एवं मोङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले प्रमुख प्रशासकीय अधिकृतलाई कुटेर लेखेटेका छन । कांग्रेस कार्यकर्तालाई जागिर खुवाउन नमानेपछि प्रमुख प्रशासकीय अधिकृत कुटपिटसहित लखेटिएका हुन । मेयर फागोले कुटेपछि सुरक्षा स्कटिङमा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी विराटनगर पुगेका छन ।

करारमा कार्यरत कर्मचारीको म्याद एक वर्ष थप्न मेयरले दबाब दिएका तर नमानेपछि फागोले कुटपिट गरेका हुन । प्रमुख प्रशासकीय अधिकृत रेग्मीले सुरक्षाकर्मीको साहायतामा आफू विराटनगर पुगेको बताएका छन । उनले काममा सुरक्षा माग गरेका छन । मेयरले कुटपिट गर्न अरू पनि मान्छे लगाएपछि आफूले प्रहरी स्कर्टिङमा उर्लाबारी छाडेको रेग्मीले बताए ।
उर्लाबारी नगरपालिकामा जनप्रतिनिधि आएपछि ५१ जना कर्मचारीलाई करारमा नियुक्त गरेको थियो । करार नियुक्ति पाएकाहरुको म्याद एक वर्ष थप्न फागोले रेग्मीलाई दबाव दिएका थिए । तर आफूले ६ महिना भन्दा बढी म्याद थप गर्न नमिल्ने बताएपछि फागोले आफ्नै कार्यकक्षमा हातपात कुटपिट गरेका हुन । गत साउन २ गते हाजिर भएका रेग्मीको निवासमा दुईसाता अघि फागोले तालाबन्दी गरेका थिए ।यता उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फगोले भने आफूले हातपात नगरेको दाबी गरेका छन ।
प्रकाशित मिति : September 24, 2019 at 8:59 pm









