मकवानपुरमा ट्रक चालकमाथि गोली प्रहार
७ असोज, हेटौंडा । प्रहरीले मकवानपुरमा गोली हानेर ट्रक चालकलाई पक्राउ गरेको छ । मंगलबार पूर्वपश्चिम राजमार्गको हेटौंडा–१५ रातोमाटे पोष्टमा चेकजाँचका लागि ट्रकमा चढेका प्रहरी जवान सञ्जीवकुमार दासलाई समेत लिएर भागेपछि पिछा गर्दै गएको प्रहरी टोलीले घेरा हाली ट्रक चालक पर्सा वीरगन्ज महानगरपालिका–२९ का अफ्रिका चौधरीलाई नियन्त्रणमा लिएको हो ।
चौधरीलाई देब्रे खुट्टामा २ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रकबाट प्रहरीले १४ पोका गाँजा समेत बरामद गरेको छ । गाँजासहित पक्राउ परेका चौधरीलाई प्रहरीले हेटौंडा अस्पतालमा उपचार गराइरहेको छ । ट्रकमा रहेका अर्का एक ब्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : September 24, 2019 at 5:42 pm









