११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026

नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको ६ बुँदे समझदारी यस्ता छन्

७ असोज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच ६ बुँदे समझदारीमा हस्ताक्षर भएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओबीच ६ बुँदे समझदारी भएको हो ।

समझदारीका ६ बुँदा यस्ता छन् 
१.उच्चस्तरीय भ्रमण २. कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि ३. पार्टी पार्टी अनुभव आधारित सहयोग आदान प्रदान ४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान प्रदान ५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६. विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन

प्रकाशित मिति : 14:36