कावासोतीको जंगलमा ट्रकले ठक्कर दिँदा मृत्यु भएका ५ मध्ये ३ जनाको सनाखत
७ असोज, नवलपुर । कावासोतीको खरकट्टा जंगलमा ट्रकले कारलाई ठक्कर दिँदा मृत्यु भएका ५ जना मध्ये ३ जनाको सनाखत भएको छ । सोमबार राति करिब १० बजे कावासोतीको खरकट्टा जंगलमा ट्रकले कारलाई ठक्कर दिँदा कारमा सवार पाँचै जनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमध्ये तीन जनाको सनाखत भएको छ।

हालसम्म सनाखत भएकामा देवचुली नगरपालिका–१ केउरेनीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विश्वकर्मा, देवचुलीकै दिलबहादुर ढेगा मगर र कैलालीको धनगढी–११ घर भै हाल देवचुली बस्दै आएका सुरज राना मगर रहेका छन । अन्यको २ जनाको सनाखत हुन सकेको छैन। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बररको कार कावासोती–८ स्थित खरकट्टा जंगल क्षेत्रमा ठोक्किको थियो।
प्रकाशित मिति : 08:43









