श्रीमतीले आत्महत्या गरेपछि ३ वर्षीया छोरीलाई विष खुवाएर बाबुले पनि गरे आत्महत्या
६ असोज, कैलाली । कैलालीकाे गौरीगंगा नगरपालिका-५ का रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेका छन् । गत वैशाख १६ गते कलेलकी श्रीमती सरिताले कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । श्रीमतीले आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेका थिए ।

सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्धा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पूर्पक्षका लागि थुनामा पठाएको थियो । कलेल साउन २२ गतेको अदालतको इजलासले निर्दोष ठहर गरेपछि छुटेका थिए । छुटेको झण्डै डेढ महिनापछि उनले छोरीसहित आत्माहत्या गरेका हुन् ।
प्रकाशित मिति : September 23, 2019 at 2:58 pm









