११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ काठमाडौँमा

६ असोज, काठमाडाैँ । चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा)का विदेश विभाग प्रमुख सोङ ताओ काठमाडौं आइपुगेका छन ।  साेङलाई त्रिभुवन विमानस्थलमा नेकपाका स्कुल विभाग उपप्रमुख वेदुराम भुषाल, विदेश विभाग उपप्रमुख विष्णु रिजाल र चिनियाँ राजदूतले स्वागत गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विदेश विभागको निमन्त्रणामा विदेश विभाग प्रमुख सोङ ताओ तीन दिने नेपाल भ्रमणमा आएका हुन ।

यसअघि असोज ४ मै उनी नेपाल आउने कार्यक्रम रहेको भए पनि प्राविधिक कारणले उनको भ्रमण तालिकामा परिवर्तन भएकाे नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

 

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारीका लागि उनी नेपाल आउन लागेका हुन । सोङ चीन सरकार वरिष्ठ मन्त्री समेत हुन । सोङले तीन दिने नेपाल भ्रमणका क्रममा सरकारी अधिकारी र नेकपाका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले नेपाल भ्रमणको राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र विदेश विभाग प्रमुख माधव नेपालसँग भेटवार्ता गर्ने निश्चित भैसकेको छ ।

यसअघि चिनियाँ विदेश मन्त्री वाङ यी केहीदिन अघिमात्र नेपाल भ्रमण सकेर स्वदेश फर्किएका थिए । चीनका राष्ट्रपति सी जिनपिङ यही असोज २७ गते नेपाल भ्रमणमा आउने निश्चत भएको छ । परराष्ट्र मन्त्रालयले त्यसको द्रुत तयारी थालेको छ । सी भारत हुँदै नेपाल आउने तयारी भएको छ । सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् र उक्त सम्मेलनपछि नेपाल आउनेछन ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सी १४ अक्टोबर अर्थात २७ असोजमा नेपाल आउनेछन् । सीले एक रात काठमाडौँमा बिताउने कार्यक्रम तय भएको छ । यता नेपाली पक्षले सीको भ्रमणका समयमा गर्न सकिने सम्झौताहरूको बारेमा तयारी थालेको छ ।

प्रकाशित मिति : 12:56