ठेकेदारका कारण देशकै बदनाम भयोः प्रधानमन्त्री ओली
५ असोज, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने ठेकेदारको कारण देशकै बद्नाम भएको बताएका छन । राष्ट्रिय योजना आयोगको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले ठेकेदारका कारण देशकै बदनाम भएको भन्दै काम नगर्ने ठेकेदारसँग उदार नहुने बताए । उनले ठेकेदारलाई ब्ल्याक लिस्टमा नभइ डार्कलिस्टमा राख्नुपर्ने प्रस्ताव समेत गरे ।

ओलीले काम नगर्ने ठेकेदारलाई नच्याप्न मन्त्रीहरुलाई चेतावनी पनि दिए । राजनीतिक आडमा ठेकेदार उन्मत्त हुने अवस्थाको अन्त्य गर्नुपर्ने भन्दै उहाँले भाैतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाइ ठेकेदारलाई राजनीतिक संरक्षण नदिन निर्देशन दिए । मन्त्री महासेठले पूरा नभएका आयोजनाको म्याद थप्नुपर्ने बताएपछि प्रधानमन्त्री ओलीले कामै नगर्ने नियत भएका ठेकेदारको म्याद थप्न नसकिने बताए ।
प्रकाशित मिति : 21:38









