८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

सेनाका हवल्दारसँगकाे अनैतिक सम्बन्ध लुकाउन श्रीमतीले गरिन आफ्नै श्रीमानको हत्या

४ असोज, नवलपरासी । सेनाको हवल्दारसँग अनैतिक सम्बन्ध राखेर श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकाे खुलासा भएकाे छ । पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डे बिगत १५ दिनदेखि बेपत्ता भएका थिए ।

खोजतलास गर्ने क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा सडेको अवस्थामा पाण्डेकाे शव फेला परेपछि प्रहरीले हत्यामा सङ्लग्न रहेको अभियोगमा उनकै श्रीमती र अर्को एक पुरुषलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा पाण्डेकी श्रीमती ३५ वर्षीया सरस्वती पोखरेल र कालीध्वज गण परासीमा कार्यरत नेपाली सेनाका हवल्दार बमबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । घर्ती र मृतक पाण्डेकी श्रीमतीको मिलेमतोमा उनको हत्या भएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

घर्तीसँगको अबैध सम्बन्ध लुकाउन श्रीमानको हत्या गरेको सरस्वतीले स्वीकार गरेकी छन् । उनीहरुविरुद्ध किटानी जाहेरी दर्ता भएकोले थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति : September 21, 2019 at 4:16 pm