बम राखेको हल्ला चलेपछि जानकी मन्दिरमा तनाव, सर्वसाधारणलाई प्रवेश निषेध
३ असोज, धनुषा । जनकपुरकाे प्रसिद्ध जानकी मन्दिरमा बम राखेको हल्ला चलेपछि तनावकाे स्थित सिर्जना भएकाे छ ।करिब दिउँसोकाे १२ बजे प्रहरीले एकाएक मन्दिर खाली गराएर जाँच गरिरहेका छन् ।
प्रहरीले मन्दिर भित्रबाट पुजारी र मन्दिरको प्राङ्गणमा व्यापारी व्यवसायी र श्रद्धालु भक्तजनहरुलाई समेत मन्दिर परिसरबाट हटाइएको छ । प्रहरीलाई मन्दिरमा बम रहेको भनी कसैले फोन गरेपछि एकाएक मन्दिर नै खाली गराई खोजी कार्य जारी रहेको बताइए पनि यसबारे प्रहरीले भने हालसम्म पुष्टि गरेको छैन ।
अहिले जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ । कडा सुरक्षाबीच जाँच भइरहेको छ ।
प्रकाशित मिति : September 20, 2019 at 3:24 pm









