संविधान दिवसमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको शुभकामना
३ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीमाम शुभकामना व्यक्त गरेका छन । शुक्रबार संविधान दिवसको सन्दर्भमा एक शुभकामना विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्री खनालले संविधान जारी भएको चार वर्षमा कार्यान्वयनका लागि थुप्रै कामहरू भएको बताएका छन ।

उनले संविधानको घोषणापछि तीनै तहको निर्वाचन भएको उल्लेख गर्दै १६ वटा माैलिक हकसँग सम्बन्धित कानुनमात्र बनेको उल्लेख गरेका छन । उनले संविधानकै मार्गदर्शनमा मुलुकको सामाजिक र अार्थिक विकास तथा रूपान्तरणको काम भैरहेको बताएका छन ।

प्रकाशित मिति : 12:31









