राष्ट्रिय एकता खल्बलाउने हर्कत नागरिकको बलियो एकताबाट निस्तेज हुन्छः मुख्यमन्त्री पोखरेल
३ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय एकता खल्बलाउने हर्कत नागरिकको बलियो एकताबाट निस्तेज हुने बताएका छन । संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीरुप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले राष्ट्रिय एकताको जगमा नै मुलुकको विकास र समृद्धिको गतिशील यात्रा सम्भव भएको बताए । उनले राष्ट्रिय एकतालाई खल्बलाउने गरी हुने कतिपय हर्कतका प्रयत्नलाई नागरिकको बलियो एकता र विश्वासबाट निस्तेज हुने विश्वास लिएको बताए ।

मुख्यमन्त्री पोखरेलले विज्ञप्तिमा भनेका छन ‘संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्ने अभियानमा हामी अघि बढेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धती र शैलीका रुपमा स्थापित गर्न हामी सबैको साझा संकल्प हुनुपर्छ ।’ उनले संविधान दिवसलाई सिंगो मुलुकले उत्सवका रुपमा मनाइरहँदा प्रदेश सरकारले पनि विभिन्न कार्यक्रम आयोजना गरी उत्सवका रुपमा मइरहेको बताएका छन ।

प्रकाशित मिति : 12:20









