नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना अबको अभिभाराः प्रचण्ड
३ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना अबको अभिभारा भएको बताएक छन । शुक्रबार संविधान दिवसको शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भनेका छन ‘वर्तमान संविधानले प्रष्टरुपमा समाजवादी व्यवस्था तर्फ हामीलाई मार्ग प्रशस्त गरेकाले हामीले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्दछ । नयाँ बिचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको हाम्रो अभिभारा हो ।’

उनले वर्तमान संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको भन्दै नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको बताए ।

प्रचण्डले जनताको त्याग र बलिदानबाट प्राप्त संविधानका खातिर जीवनोत्षर्ग गर्ने नेपाली आमाबुबाका सर्वोत्तम छोराछोरी महान् सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन साथै उनले यसक्रममा बेपत्ता हुनुभएका योद्धा र घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु । यस संविधानका लागि महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, जनजाति, मधेस लगायत विभिन्न आन्दोलनमा सहभागी जनसमुदायमा हार्दिक कृतज्ञता व्यक्त पनि गरेका छन ।

प्रकाशित मिति : 12:07









