८ जेष्ठ २०८३, शुक्रबार | Sat May 23 2026

संविधान दिवसको बिहानै हेटौंडाको बुद्ध चोकमा प्रेसर कुकर बम भेट्टियो

३ असोज, हेटाैँडा । संविधान दिवसको दिन एक बिहानै प्रदेश ३ को अस्थायी राजधानी हेटौंडाको बुद्ध चोकमा  प्रेसर कुकर बम भेटिएको छ । हेटौंडाको बुद्ध चोकमा रहेको हामो मनि ट्रान्सफर नजिक प्रेसर कुकर बम भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

फाइल फोटो ।

संविधान विरोधी केही समुहले आतंक सिर्जना गराउन बम जस्ताे देखिने वस्तु राखेकाे हुनसक्ने प्रहरीले अाशंका गरेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली आइसकेको र डिस्पोजको तयारी भइरहेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।

प्रकाशित मिति : September 20, 2019 at 8:26 am