८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

वैदेशिक रोजगार विभागको सक्रियता बढ्यो, भदाैमा मात्रै वैदेशिक रोजगारी सम्बन्धी ४१ मुद्दा दायर

१ असोज, काठमाडाैँ । वैदेशिक रोजगार विभागले कानुनको परिधिभित्रै रहेरै आफ्नो सक्रियता बढाएको छ । विभागको सक्रियतासँगै कर्यसम्पादनको ग्राफले पनि रेकर्ड तोडेको छ । विभागमा महानिर्देशक डा भिष्मकुमार भुषालले भदाै महिनामा विभागको कार्यसम्पादन प्रगतिले रेकर्ड ब्रेक गरेको जनाएका छन ।

उनले सामाजिक सञ्जाल मार्फत वैदेशिक रोजगार विभागले भाद्र महिनामा मात्रै वैदेशिक रोजगारी पीडितहरुलाई २ करोड १४ लाख नगद क्षतिपूर्ति भराएको जानकारी दिएका छन । डा भुषालले विभागका तर्फबाट २ करोड ८५ लाख विगो दाबी सहित ४१ मुद्दा वैदेशिक रोजगार न्यायाधीकरणमा पेश गरेको पनि बताएका छन । उनका अनुसार विभागले ब्यवसायीहरुबाट १९ लाख ५० हजार जरिवाना समेत असूल गरेको छ।

प्रकाशित मिति : September 18, 2019 at 11:12 am