८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई मातृशोक

३१ भदौ, काठमाडौं । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीलाई मातृशोक परेको छ । पूर्व अध्यक्ष रेग्मीको ९० बर्षिया माता चित्रकुमारी रेग्मीको गएराति निधन भएकाे हाे । रेग्मीका प्रेस संयाेजक राजेन्द्रप्रसाद पाण्डेका अनुसार काठमाडौस्थित सिभिल अस्पतालमा मंगलबार राति ११.३० मा उपचारकाे क्रममा माताकाे निधन भएको हो ।

स्वर्गीय रेग्मीको आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । चित्रकुमारीकाे तीन छोरा र चार छोरी रहेकाछन ।

प्रकाशित मिति : September 17, 2019 at 7:42 am