सिंहदरबारभित्रै रेडियो नेपालमा तालाबन्दी गरेपछि पत्रकार नेता पक्राउ
३० भदौ, काठमाडौँ । सिंहदरबारभित्रै रेडियो नेपालमा तालाबन्दी गरेपछि पत्रकार नेता पक्राउ परेका छन् । करार सेवामा कार्यरत कर्मचारीलाई रेडियो नेपालको प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्कासित गरेको विरोधमा रेडियो नेपालको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्न पुगेका पत्रकार नेतालाई प्रहरीले पक्राउ गरेको हाे।
निष्कासन गरिएका पत्रकारको पुनर्बहालीको माग नेपाल पत्रकार महासंघका पदाधिकारी र निष्कासित पत्रकार केही दिनदेखि आन्दोलनरत छन् ।
सिंहदरबारभित्र रेडियो नेपालको मूल गेटमा तालाबन्दी गरेपछि प्रहरीले नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित आन्दोलनरत पत्रकारलाई नियन्त्रणमा लिएको छ ।
महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, मीन बम, यम बिरही, डोटी जिल्ला अध्यक्ष योगेन्द्र बलायर, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, दिलिप पौडेल, प्रकाश बम, चक्र कुँवर छन् ।
रेडियो नेपाल दिपायलमा कार्यरत सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई निष्कासन गरिएपछि पुनर्बहालीको माग गर्दै पत्रकार आन्दोलनमा छन् ।
प्रकाशित मिति : September 16, 2019 at 7:10 pm









