बीआरआई सामूहिक विकासको प्रयास हो, यसबाट नेपालले धेरै फाइदा लिनसक्छः प्रचण्ड
२९ भदाै, काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)ले सामूहिक विकासको प्रयास भएको बताएका छन । आइतबार नेपाल बुद्धिजीवी संगठनले ललितपुरमा आयोजना गरेको बीआरआई संवाद कार्यक्रममा अध्यक्ष प्रचण्डले बीआरआईबाट नेपालले धेरै फाइदा लिन सक्ने बताए ।

अध्यक्ष प्रचण्डले बीआरआई ठूलो प्रोजेक्ट भएको र यसबाट नेपालले फाइदा लिन सक्ने बताए। उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा बीआरआईबारे बहस हुन महत्वपूर्ण कुरा भएको पनि बताए । उनले भने ‘बीआरआई निकै ठूलो प्रोजेक्ट हो। यसले सैन्य अभ्यासको परिकल्पना गर्दैन, शक्ति केन्द्रको परिकल्पना गर्दैन’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘यो सामूहिक विकासको प्रयास हो। यसबाट नेपालले धेरै फाइदा लिन सक्नेछ।’
भिडियोमा हेर्नुहोस्
प्रकाशित मिति : 13:14









