११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

तरुण दल विवाद: अध्यक्षले कारबाही गरेकाे केहि समयमै महासचिवले गरे अध्यक्षमाथि जवाफी कारबाही

२८ भदौ काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले अध्यक्ष जीतजंग बस्नेतमाथि जवाफी कारबाही गरेका छन् । अध्यक्ष बस्नेतले महासचिव शाहीलाई पदबाट हटाएको केहीबेरमै विज्ञप्ति निकाल्दै अध्यक्ष बस्नेतलाई पनि महासचिवले पदबाट हटाएका छन् ।

महासचिव शाहीले संगठनको साधारण सदस्य पनि नरहने गरी अध्यक्षलाई हटाएको जानकारी दिए । अध्यक्ष बस्नेतले भ्रषटारविरुद्धको कार्यक्रम रोकेको, केन्द्रीय समिति विस्तार गर्न नसकेको, बाढीपीडितको नाममा विदेशमा बस्ने नेपालीबाट आएको करोडौं रकम हिनामिना गरेलगायत आरोप लगाउँदै बस्नेतलाई कारवाही गरिएको महासचिव शाहीको विज्ञप्तिमा उल्लेख छ।

यसअघि अध्यक्ष बस्नेतले महासचिवले संगठनको हितविपरीत काम गरेको भन्दै महासचिव पदबाट हटाएको विज्ञप्ति जारी गरेका थिए।

याे पनि पढ्नुहाेस्ः

सिद्धान्त विपरीत काम गरेको भन्दै तरुण दलका महासचिवलाई सदस्यसमेत नरहने गरी कारबाही

प्रकाशित मिति : September 14, 2019 at 9:13 pm