सिद्धान्त विपरीत काम गरेको भन्दै तरुण दलका महासचिवलाई सदस्यसमेत नरहने गरी कारबाही
भदौ २८, काठमाडौँ । नेपाल दरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई अध्यक्ष जितजंग बस्नेतले अनुशासनको कारबाही गर्दै पदबाट हटाएका छन् । बस्नेतले शनिबार विज्ञप्ति जारी गरि पार्टी र दलको आदर्श र सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै महासचिव शाहीलाई पदबाट हटाइएको जानकारी दिए ।
बस्नेतकाे विज्ञप्तिमा भनिएकाे छ, ‘महासचिव जस्तो महत्वपूर्ण पदमाद रहेर तपाईँले आफ्नो पदीय मर्यादा, जिम्मेवारी तथा नेपाली काँग्रेस पार्टी र नेपाल तरुण दलको आर्दश एवम् सिन्द्धान्त विपरीत गइ अनुशासनहिन कार्यहरु गर्नुभएको हुँदा नेपाल तरुण दलको विधानको परिच्छेद १० को धारा ४४को व्यवस्था अनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरि हटाइएको व्यवहोर यसै पत्रमार्फत जानकारी गराइन्छ’ ।

प्रकाशित मिति : 18:59









