निर्वाचन दिवसको कार्यक्रममा राष्ट्रपति सहभागी
७ फागुन,काठमाण्डौं । दोस्रो चिर्वाचन दिबसका अबसरमा निर्वाचन आयोगले लामो समय सम्म कार्यरत कर्मचारीलाई दीर्घसेवा पदक बितरण गरेको छ । निर्वाचन आयोगमा बिशेस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले दीर्ध सेवा पदकबाट कर्मचारीलाई सम्मान गरीन् ।

दीर्घसेवा प्राप्त गर्नेमा हलुका सवारी चालक अनिल थापा र कम्प्यूटर अपरेटर लक्ष्मी आचाय रहेकिछिन् ।
निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न दिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट कार्यसम्पादन गरेबापत उपसचिव देशबन्धु अधिकारीलाई तीन ग्रेड प्रदान गर्ने घोषणा पनि गरियो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, पूर्व प्रमुख निर्वाचन आयुक्त एवं आयुक्त सहभागी थिए ।
प्रकाशित मिति : February 19, 2018 at 5:59 pm







