११ मंसिर २०८१, मंगलवार | Tue Nov 26 2024

प्रा.डा. श्रीकृष्ण गिरी चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त, काे हुन् गिरी ?

२६ भदौ, काठमाडौँ । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरीलाई नियुक्त गरेको छ । अन्तिममा छनाेट भएका ३ जना प्रतिस्पर्धीमध्ये गिरी उपाध्यक्ष बनेका हुन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ९ जनाकाे आवेदन परेकाेमा प्रा.डा. सुरेन्द्र शेरचन, प्रा.डा. शम्भु कुमार पहारी र प्रा.डा. श्रीकृष्ण गिरी अन्तिम तीनको सूचीमा परेका थिए । सरकारले उनीहरुमध्ये गिरीलाई छनोट गरेको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पूर्व रजिष्ट्रार समेत रहेका गिरी विगत ३७ वर्षदेखि स्वास्थ्य सेवामा सक्रिय छन् । गिरी हाल राष्ट्रिय ट्रमा सेन्टरमा वरिष्ठ अर्थोपेडिक सर्जन छन् । डा. गिरीले त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाट एमबीबीएस र एमएस गरेका छन् ।

डा. गिरीले गिरिराजमणि पोखरेल स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा मन्त्रालयको महत्वपूर्ण मानिने अन्तर्राष्ट्रिय समन्वय महाशाखाको प्रमुख रहेर काम गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार २३:०५