११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

प्रचण्ड र देउवासँग चिनियाँ विदेशमन्त्री वाङ यीको भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

२४ भदाै, काठमाडाैँ । नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका छन् । नक्सालको होटल मेरियटमा भेटवार्ता गरेका हुन ।

मंगलबार बिहान स्वदेश फर्किनुअघि मन्त्री वाङले प्रचण्ड र देउवासँग राजनीतिक भेटवार्ता गरेका हुन । वाङसँगको भेटपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई देशबीच रहेको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

उनले भने ‘नेपालको आर्थिक विकासको प्रयासमा चीनबाट र चिनियाँ जनताका तर्फबाट हुने सहयोग र हाम्रो अपेक्षाबारेमा कुराकानी भयो,’ प्रचण्डले दुवै देशका सकारले गर्ने सहकार्य र सहयोगलाको क्षेत्रलाई विस्तार गर्ने बारेमा पनि छलफल भएको बताए । प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणबारे समेत छलफल भएको बताए ।

प्रकाशित मिति : 12:02