८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः रविसहित तीनै जना पूर्वपक्षका लागि जेल चलान हुने !

२३ भदाै, काठमाडाैँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जना पूर्वपक्षका लागि जेल चलान हुने भएका छन । सरकारी वकिलको कार्यालय, हेटौंडाले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपी टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने माग गर्दै निवेदन दर्ता गराएको छ।

सोमबार पाटन उच्च अदालत, हेटौँडा इजलासमा उच्च सरकारी वकिलको कार्यालय हेटौंडाले निवेदन दिएको उच्च अदालत हेटौंडा इजलासका रजिष्ट्रार विकास श्रेष्ठले जानकारी दिएका छन । मुद्दा मंगलबार नै पेसीमा चढ्ने भएको छ। जिल्ला अदालत चितवनको धरौटीमा छोड्ने निर्णय नमिलेको दाबी गर्दै सरकारी वकिलको कार्यालयले निवेदन दिएको हो।

लामिछाने पनि केही दिन पहिले आफैं हेटौंडा इजलास पुगेका थिए। उनको मुद्दामा उच्चले कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको छ।जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलले रविलाई ५ लाख, कँडेललाई ३ लाख र कार्कीलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो ।

प्रकाशित मिति : September 9, 2019 at 10:05 pm