८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

राज्यमन्त्री बुढा र चिनियाँ अधिकारीबिच भेटवार्ता

२० भदाै, काठमाडाैँ । चीनको भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढासँग बिहीबार सिछुवान प्रान्तको लसान नगरपालिका उपप्रमुखलगायतले राजधानी छन्दुमा भेटवार्ता गरेका छन् । त्यस अवसरमा दुई देशका राजनीतिक नेतृत्वबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपाल र सिछुवान प्रान्तबीच सांस्कृतिक सम्पदाको संरक्षण, पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० सफल तुल्याउन अधिकभन्दा अधिक चिनियाँ पर्यटकलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न राज्यमन्त्री बुढाले अनुरोध गर्नुभएको थियो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवशेषकुमार त्रिपाठी, राष्ट्रियसभाका सदस्य दुर्गा उपाध्याय, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ अधिकृत डा सागर न्यौपानेलगायत भेटवार्तामा उपस्थित हुनुहुन्थ्योे ।

प्रकाशित मिति : September 6, 2019 at 6:07 pm