८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

चीनका विदेशमन्त्री आइतबार नेपाल आउँदै

२० भदाै, काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा चीनका ‘स्टेट काउन्सिलर’ एवं विदेशमन्त्री वाङ यी नेपालको तीन दिवसीय औपचारिक भ्रमणमा आगामी आइतबार काठमाडौँ आउँदै हुनुहुन्छ ।

फाइल फाेटाेभ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्दै भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले आफ्ना चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता गर्नुहुनेछ भने सोही दिन चिनियाँ विशिष्ट पाहुनाहरूको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुनेछ ।

प्रकाशित मिति : September 6, 2019 at 6:03 pm