८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

अनेरास्ववियूद्वारा प्रहरी ज्यादतीबारे गृहमन्त्रीको ध्यानाकर्षण, संलग्नलाई कारबाही गर्ने मन्त्रीको प्रतिबद्धता

 २० भाद्र, काठमाडौं। सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले संयोजक ऐन महर सहितको टोलीलाई ज्यादतीपुर्ण ढंगले कुटपिट गरेकोमा घटना संलग्न प्रहरी अधिकारीलाई कार्वाही गर्न माग गरेका छन्। आज अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ नेतृत्वको टोलीले गृहमन्त्री रामवहादुर थापालाई भेटी ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण टोलीमा तामाङ सहित अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत, उत्तम अधिकारी , आरसि लामिछाने र समिक वडाल उपस्थित थिए। गृहमन्त्री थापाले घटनाको छानबिन गरि दोषी देखिएमा आन्तरिक कार्वाही गर्ने वताएको प्रतिनिधि मण्डलमा रहेका अनेरास्ववियू नेता सुरेन्द्र बस्नेतले वताए।

वुधवार एमविविएसको प्रवेश परीक्षा प्रकरणमा गिरफ्तार गरिएका विद्यार्थीहरुलाई भेट्न पुगेका अनेरास्ववियूका संयोजक ऐन महर, सुदेश पराजुली ,समिक वडाल लगायतलाई प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरि घाइते तुल्याएका थिए।

प्रकाशित मिति : September 6, 2019 at 9:33 am