११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

प्रधानमन्त्री केपी शर्मा ओली खुशी र उत्साहका साथ सिंगापुरबाट स्वदेश प्रस्थान (ताजा तस्बीरसहित)

२० भदाै, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण रूपमा स्वस्थ भएर स्वदेश फर्कनेक्रममा सिंगापुरबाट प्रस्थान गर्नुभएको छ । नेकपा उपाध्यक्ष बामदेव गाैतमका पुत्र एवं युवा संघका नेता हरिश गाैतमले प्रधानमन्त्री स्वदेश प्रस्थान गरेको तस्बीर सार्वजनिक गरेका छन ।  पछिल्लो स्वास्थ्य रिपोर्ट अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सामान्य अवस्थामा पुगेको छ । प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्ट सामान्य रहेको र चिकित्सकले चलाएको औषधि शरिरले राम्रो रेसपोन्स गरेको निजी चिकित्सकले बताएका छन ।

स्वास्थ्य अवस्था सामान्य भएपछि प्रधानमन्त्री अाज शुक्रबार दिउँसो १२ बजे थाइ एयरको विमानबाट त्रिशुभव विमानस्थल अवतरण गर्दै हुनुहुन्छ । यसअघि अोली शरिरमा एन्टिबडीको मात्रा बढ्दै गएपछि उपचारका लागि भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीको शरीरमा भएको एन्टिबडीलाई निस्काशन गर्न ७ पटक प्लाज्मा फेरेसिसस गरिएको थियो । सातौंपटक प्लाज्मा फेरेसिसस आज भएपछि रिपोर्टपनि आजै आएको थियो । तस्बीरहरूः हरिश गाैतम

प्रकाशित मिति : 07:22