एसियन नेशनल एसेम्ली वाटर कन्सलटेटिभ वोर्डको उपाध्यक्षमा नेकपाका नेता पाण्डे निर्वाचित
१९ भदाै, काठमाडाैँ । एसियन नेशनल एसेम्ली वाटर कन्सलटेटिभ वोर्डको अध्यक्षमा दक्षिण कोरियाका उपसभामुख जो सियोङ योङ चयन भएका छन । पानी सम्वन्धी काम गर्ने उक्त संस्थाको उपाध्यक्षमा भने नेपालका पूर्व अर्थमन्त्री समेत रहेका नेकपाका नेता सुरेन्द्र पाण्डे चयन भएका छन् ।

यस्तै अर्को उपाध्यक्षमा पाकिस्तानका महमद अफजल खान भान्डला, कम्वोडियाका चन्दारा चयन भएका छन् । महासचिवमा विज्ञ ज्वाङ सिवाङ लिन चयन भएका छन् । कोषाध्यक्षमा कोरियाकै सांसद लिन जोयुङ चयन भएका छन् । सम्मेलनमा ६ देशका प्रतिनिधि सहभागी भएका थिए । सदस्यमा नेपालबाट सांसदद्धय अमृता थापा मगर र रामबाबु यादव चयन भएका छन् ।

प्रकाशित मिति : September 5, 2019 at 9:55 pm









